logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन कार्यदल गठन

अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन कार्यदल गठन


  • बुधबार, माघ २३ २०८१
  • 312
    SHARES

    काठमाडौँ, २३ माघः जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद्मा प्रस्तुत अध्यादेशका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पार्टीको धारणा बनाउन कार्यदल गठन गरेको छ । 

    संसद्मा हालै प्रस्तुत अध्यादेशका सम्बन्धमा पार्टीको धारणा बनाउन पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह सदस्य रहेको एक कार्यदल गठन गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । 

    सोमबार सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले किरात लिम्बूलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा समर्थन जनाएको थियो । 

    जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमनकुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति पनि गठन भएको जनाइएको छ । साथै काठमाडौँ उपत्यकामा आई बसोबास गर्ने र कार्य एवं व्यवसाय गर्ने मधेसी समुदायलाई सम्पर्क गरी पार्टीमा सङ्गठित गर्न राजकिशोर यादवको संयोजकत्वमा चार सदस्यीय टास्क फोर्स गर्न भएको बस्नेतले बताउनुभयो ।

    प्रकाशित : बुधबार, २३ माघ २०८१ , ०१:३४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend