logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

अत्यधिक फराकिलो मतबाट मधेशी युवा तर्फबाट दीपक महतो विजयी

अत्यधिक फराकिलो मतबाट मधेशी युवा तर्फबाट दीपक महतो विजयी


  • शुक्रबार, फाल्गुन २ २०८१
  • 754
    SHARES

    काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न पहिलो महाधिवेशनबाट नेपाल समाजवादी युवा संघका केन्द्रीय संयोजक दीपक महतो भारी मतले निर्वाचित भएका छन्। बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार केन्द्रीय सदस्य मधेशी युवाबाट दीपक महतो ४०८ मतका साथ निर्वाचित भए। सर्लाही वरहथवाका महतो निकटतम प्रतिस्पर्धी सुरेन्द्र कुमार यादवलाई २०४ मतमै सिमित राखि भारी मतान्तरले पराजित गरेका हुन्।

    निर्वाचित भएपछि महतोले अमूल्य मत दिएर आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराउने महाधिवेशन प्रतिनिधि, प्रस्तावक दीपक बोहरा र समर्थक ईन्द्र सिलवाल लगायत समस्त प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

    नवनिर्वाचित केन्द्रीय सदस्य महतो पार्टीलाई देशको वैकल्पिक शक्ति बनाउन संगठन विस्तार र पार्टीका एजेन्डाबारे बुझाउन जनतासम्म पुग्ने बताए।

    प्रकाशित : शुक्रबार, २ फाल्गुन २०८१ , ०९:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend