logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको अडान

भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको अडान


  • शनिबार, फाल्गुन ३ २०८१
  • 832
    SHARES

    ३ फागुन, काठमाडौं । जसपा नेपालले सत्तागठबन्धनले अघि बढाएको अध्यादेश स्वीकृतिको प्रक्रियामा असहमति जनाएको छ। सरकारका तर्फबाट संघीय संसद्का दुवै सदनमा अध्यादेशहरू पारित गराउने तयारी भइरहेका बेला जसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने अडान दोहोर्याएको हो।

    शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा गृहमन्त्री रमेश लेखकले सबै विधेयक स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने सहमति जुटेको बताएका थिए। बैठकस्थलबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन संवाद गरेको समेत जनाइएको थियो।

    गृहमन्त्री लेखकका अनुसार, सत्तागठबन्धनले प्रत्यायोजन विधेयकमार्फत् आवश्यक संशोधन गरेर भए पनि अध्यादेश पारित गराउने सहमति जनाएको छ। तर, जसपा नेपालका प्रवक्ता मनीष सुमनले भूमिसम्बन्धी अध्यादेशलाई संसोधन गर्नु अमान्य रहेको र त्यसलाई पूर्ण रूपमा फिर्ता गर्नुपर्ने बताएका छन्।

    ‘भूमिसम्बन्धी अध्यादेश सच्याएर होइन, फिर्ता लिएर मात्र समाधान हुन्छ,’ अनलाइनखबरसँग कुरा गर्दै सुमनले भने, ‘अन्य पाँचवटा अध्यादेश पनि जस्ताको तस्तै पारित गराउन हाम्रो समर्थन रहँदैन। प्रतिस्थापन विधेयकमार्फत् संशोधन गरे मात्र हाम्रो समर्थन रहनेछ।’

    जसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म आफूहरूले समर्थन गर्न नसक्ने स्पष्ट पारेको छ।

    प्रकाशित : शनिबार, ३ फाल्गुन २०८१ , ०१:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend