logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले प्रश्नहरूको जवाफ दिने

प्रतिनिधिसभाको बैठक आज बस्दै, प्रधानमन्त्री ओलीले प्रश्नहरूको जवाफ दिने


  • आइतबार, फाल्गुन ४ २०८१
  • 572
    SHARES

    ३ फागुन, काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन, नयाँबानेश्वरमा बस्नेछ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

    नागरिकता संशोधन विधेयक र वातावरणसम्बन्धी छलफल हुने

    बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

    यस्तै, वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधन’ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ।

    प्रतिनिधिसभाको बैठकमा सांसदहरूबीच नागरिकता संशोधन विधेयक र वातावरणसम्बन्धी प्रस्तावहरूबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।

    प्रकाशित : आइतबार, ४ फाल्गुन २०८१ , ०१:४६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend