logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री ओली : ‘देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ’

प्रधानमन्त्री ओली : ‘देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ’


  • सोमबार, फाल्गुन ५ २०८१
  • 611
    SHARES

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका छन्। सोमबार लुम्बिनी प्रदेशसभाको एघारौं बैठकलाई विशेष सम्बोधन गर्दै उनले दुई ठूला दलको सरकारले कमजोर अर्थतन्त्र सुधार गर्ने प्रयास गरिरहेको स्पष्ट पारे।

    ‘देशको अर्थतन्त्र कमजोर छ, थप कमजोर बन्दै छ,’ उनले भने, ‘त्यसको सुधारका लागि मेरो नेतृत्वको सरकारले सम्हाल्दै छ। गत वर्ष २४ प्रतिशत कम राजस्व संकलन भएकामा अहिले केही सुधार आएको छ।’

    ओलीले देश अहिले अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउँदै अर्थतन्त्र ओरालो लागेको, युवा विदेशिने क्रम बढेको र यस्तै समस्याका कारण दुई ठूला दल मिल्नुपरेको उल्लेख गरे। साथै, सरकारमा अन्य दललाई पनि सहभागी गराउने प्रयास भइरहेको र ‘देश बनाऔं’ भन्ने एक मात्र लक्ष्यसहित अघि बढिरहेको बताए।

    प्रधानमन्त्रीले सरकार ढल्ने कुनै कारण नरहेको दाबी गर्दै आफू निर्धारित समयसम्म सरकारमा रहने बताए। ‘१७ महिना अझै प्रधानमन्त्री हुन्छु, केपी ओलीलाई हटाउन कुनै बल लगाउनु पर्दैन,’ उनले भने, ‘बेला आएपछि आफैँ छोड्छु, तर बेला नआउँदासम्म कुनै तोप नै हाने पनि प्रधानमन्त्री ढल्दैन।’

    प्रकाशित : सोमबार, ५ फाल्गुन २०८१ , १०:०५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend