logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना

सभामुखले बोल्न समय नदिएको भन्दै सदन छाडेर हिँडिन् सुमना


  • सोमबार, फाल्गुन ५ २०८१
  • 533
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठ प्रतिनिधि सभा बैठकबाट बाहिरिएकी छन् ।

    आकस्मिक समयमा बोल्न सभामुखसँग श्रेष्ठले समय मागे पनि दिएनन् । सभामुखले बोल्न समय नदिएपछि सांसद श्रेष्ठ बैठक छाडेर बाहिरिइन् ।

    आकस्मिक समय दलीय आधारमा पहिले नै सहमतिका आधारमा तय गरिएको हुन्छ । तर पछिल्लो समय रास्वपा सांसदहरुले अत्तो थापेर सबै बोल्न खोज्दा संसदको मर्यादामा आँच पुगेको टिप्पणी संसद सचिवालयका अधिकारीहरुको छ ।

    जे गरेर पनि चर्चामा आउन पूर्वमन्त्री जस्तो व्यक्तिले स्टन्टबाजी गरेर सदनको कारवाही छाड्नु गलत रहेको उनीहरुको भनाइ छ । सभामुखले पटकपटक समय लिएर बोल्न पाइने भन्दै नियमावली सम्झाए पनि उनी मानिन् ।

    सोमवार रास्वपाबाट आकस्मिक समयमा मनिष झा बोलेका थिए । आकस्मिक समय सकिएर सुन्य समय सुरु हुन लाग्दा उठेर टेबल ठटाएकी श्रेष्ठले सभामुखको रुलिङ अश्वीकार गर्दै औंला ठड्याएर आक्रोश व्यक्त गरिन् । तर सभामुखले समय नदिएपछि उनी झोक्किदै बाहिरिएकी थिइन् ।

    प्रकाशित : सोमबार, ५ फाल्गुन २०८१ , १०:१२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend