logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

निरंकुशताको अन्धकारबाट मुक्त भएको दिन नै प्रजातन्त्र आएको दिन हो : सभामुख

निरंकुशताको अन्धकारबाट मुक्त भएको दिन नै प्रजातन्त्र आएको दिन हो : सभामुख


  • बुधबार, फाल्गुन ७ २०८१
  • 702
    SHARES

    काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने बताएका छन्।

    राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गर्ने वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उक्त प्रेरणा दिने बताएका छन्।

    ‘विसं २००७ को प्रजातान्त्रिक आन्दोलनले नेपाली जनतालाई निरंकुशताको अन्धकारबाट मुक्त गरी स्वतन्त्रताको उज्यालोमा ल्याएको थियो’, सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र दिवसले हामीलाई लोकतान्त्रिक मूल्य र आदर्शप्रति प्रतिबद्ध रहन प्रेरणा दिने गरेको छ।’

    सभामुख घिमिरेले सन्देशमा प्रजातन्त्र, लोकतन्त्र र नागरिक स्वतन्त्रताको सपना साकार पार्न आफ्नो जीवन उत्सर्ग गरेका वीर सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

    प्रकाशित : बुधबार, ७ फाल्गुन २०८१ , ०१:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend