काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८४ को चुनावपछि महाधिवेशन गरिए पार्टीको अवस्था नाजुक हुने चेतावनी दिएका छन्।
सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महाधिवेशन समयमै गर्नुपर्नेमा जोड दिए। “महाधिवेशन २०८३ मंसिरमा गर्नुपर्ने हो। मैले त समयमै अधिवेशन गरौँ भनिरहेको छु,” उनले भने, “विधानले एक वर्ष र संविधानले डेढ वर्ष थप्न पाउने व्यवस्था गरेको छ। त्यसमा समन्वय गर्नुपर्छ। तर, चुनावपछि महाधिवेशन गरियो भने कांग्रेसको अवस्था नाजुक हुनेछ।”
हालै कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका ११ नेताहरूको सन्दर्भमा टिप्पणी गर्दै डा. कोइरालाले ती सबैले अघिल्लो महाधिवेशनमा देउवालाई समर्थन गरेको स्मरण गराए। “उहाँहरूले १४औँ महाधिवेशनमा पनि देउवालाई नै समर्थन गर्नुभएको थियो। तर, अहिले नेपालको राजनीतिक अवस्था गम्भीर छ, त्यसरी मात्रै नहेर्नुस्,” उनले भने।
डा. कोइरालाले आफैंले १५औँ महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरिसकेको बताए।
उनले देशमा सुशासन नरहेको र आर्थिक अवस्था कमजोर हुँदै गएको टिप्पणी गर्दै एमाले प्रमुख प्रतिस्पर्धी भएकाले सरकारभित्र भएकाहरूले समर्थन गरे पनि बाहिर बसेकाहरूले खबरदारी गर्नुपर्ने आवश्यकता दोहोर्याए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
