पोखरा : श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्पताल भर्ना भएका छन्।भट्टमा श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई पोखराको ओम अस्पतालमा भर्ना गरिएको हो। वरिष्ठ छाती रोग विशेषज्ञ डा.सिपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीले उनको उपचार गरिरहेका छन्।
प्रदेश प्रमुखको सचिवालयका अनुसार निरन्तर खोकी लागेपछि उनी बिहीबार साँझ अस्पताल भर्ना भएका हुन्। उनमा निमोनिया देखिएको थियो।
चिकित्सकको सल्लाहअनुसार प्रदेश प्रमुखको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै हाल प्रत्यक्ष भेटघाटका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ।
शुक्रवार बिहानैदेखि साँझसम्म भेटघाट बाक्लिएपछि अस्पतालले स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भेटघाट बन्द गरिएको डा. आचार्यले बताए।साताव्यापी लामो सुदूरपश्चिम भ्रमण गरी फर्किएका भट्टलाई चिसोको कारण श्वासप्रश्वासमा समस्या भएको प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
