logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?

सांसद पौडेलको प्रश्न : कुलमानले के गल्ती गरे ?


  • सोमबार, फाल्गुन १२ २०८१
  • 377
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइने भनेर भइरहेको हल्लाप्रति आपत्ति जनाएका छन् ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर र मुलुकलाई लोडसेडिङ मुक्त गराएर के गल्ती गरे, भन्दै प्रश्न गरे ।

    उनले भने,‘कुलमान घिसिङलाई बिहान हटाइन्छ, बेलुका, भोलि, पर्सि हटाइन्छ भनेर हल्ला सुनिन्छ । उज्यालो नेपाल बनाएर के गल्ती गरे, घाटामा गएको विद्युत् प्राधिकरणलाई नाफा गराएर के गल्ती गरे, मुलुकलाई लोडसेडिङ मुक्त गराउँदा के गल्ती गरे कुलमानले, भारत र बंगलादेशमा बिजुली बेच्ने निर्णय गराएर के गल्ती गरे कुलमानले ?’

    साथै उनले विद्युत् नियमन आयोगले विद्युत् महसुल तिर्नेहरूको लाइन काट्ने कि नतिर्नेहरूको काट्ने भन्दै प्रश्न समेत गरे ।

    प्रकाशित : सोमबार, १२ फाल्गुन २०८१ , ०८:४४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend