काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकालाई बन्धक नबनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले काठमाडौं महानगरलगायत देशभरका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रोकिएको भन्दै आपत्ति जनाए। उनले सरकारको यो कदमप्रति कटाक्ष गर्दै भने, “गाउँ-गाउँमा सिंह गयो, तर दरबार नगएको!”
शाहीका अनुसार प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीहरूले तलबसमेत पाउन सकेका छैनन्। उनले भने, “यसरी महानगरलाई बन्धक बनाउन पाइन्छ? ओली सरकारलाई यसको पाप लाग्ला!”
सांसद शाहीले जुम्लाको अवस्था पनि उस्तै भएको बताएका छन्। उनले सरकारमाथि ८५ हजार ५५८ कर्मचारीलाई चाकडी र घरदैलोका लागि मात्र नियुक्ति गरेको आरोप लगाए। उनले थपे, “यदि सरकारलाई यस्तो लाग्छ भने अब आउने स्थानीय तहको चुनाव नगराएर आफ्ना आसेपासे कार्यकर्तालाई टीका लगाएर अबिर जात्रा गरेर घोषणा गरिदिनुस्!”
उनले सरकार नयाँ नेताहरूको आगमनसँग डराएको भए अबको स्थानीय चुनावमा आफ्नै कार्यकर्ता मात्र उठाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती पनि दिए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
