logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

रवि लामिछाने राष्ट्रव्यापी अभियानसहित सक्रिय राजनीतिमा फर्किने: शिशिर खनाल

रवि लामिछाने राष्ट्रव्यापी अभियानसहित सक्रिय राजनीतिमा फर्किने: शिशिर खनाल


  • शुक्रबार, फाल्गुन २३ २०८१
  • 598
    SHARES

    लोकसारथि, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले पार्टी सभापति रवि लामिछाने निकट भविष्यमै राष्ट्रव्यापी अभियानसहित जनतामाझ फर्किने बताएका छन्। प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खनालले लामिछानेको आत्मविश्वास यथावत् रहेको स्पष्ट पारे।

    खनालले भने, “रवि लामिछानेले हिरासतमा रहँदा पनि आत्मविश्वास गुमाउनुभएको छैन। अब आउँदा पनि उहाँ राष्ट्रव्यापी अभियानका साथमा जनतामाझ पुग्ने गरी सक्रिय हुनुभएको छ।”

    सरकारको राजनीतिक प्रतिशोध?

    सांसद खनालका अनुसार, लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको तथ्य स्थापित भइसकेको छ। उनले भने, “आजको दिनमा आइपुग्दा उहाँमाथि भएको राजनीतिक प्रतिशोध स्पष्ट भइसकेको छ। आमजनताले बुझिसक्नुभएको छ। त्यसैले उहाँलाई धेरै मेहनत गर्न आवश्यक छैन, तर उहाँ आउँदा आफ्नो धारणा राख्नहुन्छ।”

    खनालले रवि लामिछानेलाई नेपाली जनताको आशाको केन्द्रका रूपमा चित्रित गर्दै, देशलाई अगाडि बढाउन रास्वपालाई प्रमुख लोकतान्त्रिक पार्टीका रूपमा स्थापित गर्ने लक्ष्यसहित लामिछानेको पुनरागमन हुने बताए।

    प्रकाशित : शुक्रबार, २३ फाल्गुन २०८१ , १२:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend