logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


  • मंगलबार, चैत्र ५ २०८१
  • 1.6K
    SHARES

    काठमाडौं, ५ चैत – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन्। नयाँदिल्लीमा भारतीय विदेश मन्त्रालयद्वारा आयोजित ‘राइसिना डायलग’ को क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

    परराष्ट्रमन्त्री राणाले भेटवार्ता उपलब्धिमूलक भएको बताएकी छन्। उनले भारतसँगको सम्बन्धलाई नेपालले निरन्तर प्राथमिकतामा राख्ने उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई थप सुदृढ गर्न प्रतिबद्ध रहेको जानकारी गराएको बताइन्।

    भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरू, आपसी सहकार्य तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको बताइएको छ। नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउन दुबै देश प्रतिबद्ध रहेको कुरा पनि छलफलको क्रममा उठाइएको थियो।

    प्रकाशित : मंगलबार, ५ चैत्र २०८१ , ०१:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend