logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

संसदमा आज प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर

संसदमा आज प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर


  • बिहिबार, चैत्र ७ २०८१
  • 572
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको हाे ।

    साथै आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् । अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्नेलागत बैठकको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

    प्रकाशित : बिहिबार, ७ चैत्र २०८१ , ०१:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend