लोकसारथि, २३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा घन्टी बजाउँदै ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’ सुरु गरेको छ।
पार्टी सभापति रबि लामिछानेको उपस्थितिमा सुरु हुने भनिएको उक्त कार्यक्रम लामिछाने गिरफ्तारीमा परेपछि पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, सांसद हरि ढकाललगायतका नेताहरूको अगुवाइमा सुरु गरिएको हो।
रास्वपाले जनयात्राका माध्यमबाट “देशमा व्याप्त भ्रष्टाचार, कुशासन, गलत नीति र विधिविरुद्धको लडाइँ” को सन्देश दिने जनाएको छ।
रवि लामिछानेको ‘अन्तिम इच्छा’ सार्वजनिक
कार्यक्रमका क्रममा सांसद हरि ढकालले रबि लामिछानेको ‘अन्तिम इच्छा’ भन्दै जनतासामु केही सन्देश प्रस्तुत गरे।
“यो देशमा किसानको अनुहारमा हाँसो ल्याउने, युवाको विदेश पलायन रोक्ने र देशमै रोजगारी सिर्जना गर्ने इच्छा हो,” उनले भने, “दलीयकरण, भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने तथा ३५ वर्ष देश लुटेका भ्रष्टहरूलाई जेलमा हाल्ने चाहना रवि लामिछानेको अन्तिम इच्छा हो।”
उनले न्यायालयको प्रक्रियालाई सरकारमा बसेकाहरूले नबुझेको आरोप लगाए। “राज्यले एक व्यक्तिलाई पटक–पटक लखेटिरहेको छ, चितवनले फेरि यसलाई जवाफ दिनुपर्छ,” उनले चेतावनीजस्तै उच्चारण गरे।
जनयात्राको सन्देश र अभियान
रास्वपाले यो यात्रालाई जनताको पीडा बुझ्ने, उनीहरूको भविष्यप्रति आशा जगाउने, र राजनीतिक प्रणालीमा विकल्प प्रस्तुत गर्ने अभियानको सुरुवात भनेको छ। आगामी दिनमा जनयात्रालाई अन्य जिल्लातर्फ पनि विस्तार गरिने जनाइएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
