काठमाडौं, चैत २५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले भोलि चैत २६ गते काठमाडौंको बल्खुमा हुने भ्रष्टाचार विरोधी प्रदर्शनलाई लिएर सम्पूर्ण राष्ट्रवादीहरुलाई एकजुट हुन आह्वान गरेका छन्।
आफ्नो फेसबुकमार्फत् एक अपील जारी गर्दै शाहीले भ्रष्टाचारीहरूका विरुद्ध एकजुट हुन सबैलाई बल्खुमा उपस्थिति जनाउन आग्रह गरेका छन्। कार्यक्रममा सहभागिताका लागि उनले “सम्पूर्ण राष्ट्रवादीहरूलाई हार्दिक अनुरोध गर्दछु” भन्दै आह्वान गरेका हुन्।
कार्यक्रमको तयारीस्वरूप आजै शाही र राप्रपाका प्रतिनिधिहरूले कार्यक्रमस्थलको अनुगमन गरेका थिए। अनुगमनपछि काठमाडौँका प्रहरी प्रमुखसहित मातहतका सुरक्षाकर्मीहरूसँग छलफलसमेत गरिएको शाहीले जानकारी दिएका छन्। उनका अनुसार छलफल सकारात्मक रह्यो र कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने सुनिश्चित भएको छ।

राप्रपाले चैत २६ गते बल्खुमा भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्दैछ। पछिल्लो समय सार्वजनिक सम्पत्ति लुट, दण्डहीनता र प्रशासनिक विकृतिका घटनाहरू बढ्दै गएपछि राप्रपाले सडक संघर्षको कार्यक्रम अघि सारेको हो।
भोलिको कार्यक्रम दिनको ११ बजेपछि सुरु हुने र ठूलो सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सबै सहभागीहरूलाई शान्तिपूर्ण तरिकाले उपस्थित भइ आ-आफ्नो आवाज बुलन्द गर्न अनुरोध गरेका छन्।
—लोकसारथि
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
