logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

आज संघीय संसद्‌का तीन समिति बस्दै, तीनकुने प्रदर्शन र पानीजहाज विधेयकमाथि छलफल

आज संघीय संसद्‌का तीन समिति बस्दै, तीनकुने प्रदर्शन र पानीजहाज विधेयकमाथि छलफल


  • शुक्रबार, चैत्र २९ २०८१
  • 611
    SHARES

    काठमाण्डौं, चैत २९ — संघीय संसद्‌अन्तर्गत तीनवटा संसदीय समितिको बैठक आज बस्दै छन्। आज बस्ने समितिहरूमा कानुन, न्याय तथा मानव अधिकार समिति, विधायन व्यवस्थापन समिति, र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति रहेका छन्।

    राजावादी प्रदर्शनमाथि छलफल, गृहमन्त्री बोलाइए

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भएको भनिएको मानव अधिकार उल्लंघनबारे छलफल गरिने कार्यसूची रहेको छ।
    यस विषयमा जवाफदेही बनाउन गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ। बैठक बिहान ११ बजे संघीय संसद् भवनमा सुरु हुने जनाइएको छ।

    पानीजहाज विधेयकमाथि दफावार छलफल

    विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ। यो विधेयकले नेपालको जल यातायात प्रणालीको कानुनी आधार तयार गर्ने उद्देश्य राखेको छ।

    सार्वजनिक खरिद प्रक्रियामाथि पनि समिक्षा

    त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजेका लागि तय गरिएको छ। यस बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग छलफल हुनेछ। सरकारी खरिद प्रक्रिया पारदर्शी र प्रभावकारी बनाउन आवश्यक नीतिगत सुधारबारे समिति केन्द्रित रहने बताइएको छ।

    प्रकाशित : शुक्रबार, २९ चैत्र २०८१ , ०६:२४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend