logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाली कांग्रेस बारा–३ को क्षेत्रीय सम्मेलन आज, महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहने

नेपाली कांग्रेस बारा–३ को क्षेत्रीय सम्मेलन आज, महामन्त्री गगन थापाको प्रमुख आतिथ्यता रहने


  • बुधबार, बैशाख ३ २०८२
  • 988
    SHARES

    लोकसाथी, वैशाख ३, बारा

    नेपाली कांग्रेस बारा–३ क्षेत्रीय कार्य समिति आज प्रथम क्षेत्रीय सम्मेलनको आयोजना गर्न लागेको छ। सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्।

    कांग्रेस मधेस प्रदेश प्रचार प्रमुख नितेश कुमार गुप्ताका अनुसार कार्यक्रममा सहमहामन्त्री फर्मुला मनसुर, मधेस प्रदेशका नेताहरू तथा स्थानीय पदाधिकारीहरूको समेत उल्लेख्य उपस्थिति रहनेछ।

    महामन्त्री थापा आज बिहान ८:३० बजे काठमाडौंबाट सिमरा आउने कार्यक्रम रहेको जनाइएको छ। उनको स्वागतका लागि माहागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको नेतृत्वमा मोटरसाइकल र्‍यालीको आयोजना गरिने गुप्ताले जानकारी दिए।

    बारा क्षेत्र नं. ३ अन्तर्गत जितपुर सिमरा–१८ मा आयोजना गरिने सम्मेलन ९:३० बजेबाट सुरु हुने कार्यक्रम रहेको छ। सम्मेलनमा पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति तथा स्थानीय तहमा पार्टीको उपस्थिति मजबुत बनाउने विषयमा छलफल हुने बताइएको छ।

    प्रकाशित : बुधबार, ३ बैशाख २०८२ , ०९:३२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend