logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता रिहा

निषेधित क्षेत्रमा आन्दोलन गरेको आरोपमा पक्राउ परेका राप्रपा अध्यक्ष लिङ्देनसहितका नेता रिहा


  • आइतबार, बैशाख ७ २०८२
  • 780
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    निषेधित क्षेत्र तोडेर आन्दोलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई प्रहरीले रिहा गरेको छ ।

    आइतबार सिंहदरबार परिसरमा विरोध प्रदर्शनको तयारी गर्दै गर्दा लिङ्देनसहितका सात जना नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेकामध्ये राप्रपाका वरिष्ठ नेता ज्ञानबहादुर शाही, बुद्धिमान तामाङ, युवा मोर्चाका अध्यक्ष कैलाश कटवाललगायत थिए ।

    उनीहरूलाई तीन घन्टासम्म जिल्ला प्रहरी परिसर, भद्रकालीमा राखेर रिहा गरिएको प्रहरीले जनाएको छ ।

    राप्रपाले आइतबार आयोजना गरेको प्रदर्शन शान्तिपूर्ण भएको प्रहरीले बताएको छ । यद्यपि, बिजुलीबजार क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास भएको र सो प्रयासलाई प्रहरीको सतर्कताले असफल बनाइएको जनाएको छ ।

    राप्रपाले आफ्ना मागहरूका लागि निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । पार्टीले सरकारले जनताको आवाज नसुनेसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

    प्रकाशित : आइतबार, ७ बैशाख २०८२ , ०६:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend