logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

पोखरा विमानस्थलमा १४ अर्ब भ्रष्टाचारको रिपोर्टपछि मेयर हर्क साम्पाङको चेतावनी : “धरानमा १ रुपैयाँ भ्रष्ट्राचार गरे रेलिङमा झुण्डाएर किक बक्सिङ सिकाउँछु”

पोखरा विमानस्थलमा १४ अर्ब भ्रष्टाचारको रिपोर्टपछि मेयर हर्क साम्पाङको चेतावनी : “धरानमा १ रुपैयाँ भ्रष्ट्राचार गरे रेलिङमा झुण्डाएर किक बक्सिङ सिकाउँछु”


  • शनिबार, जेष्ठ १० २०८२
  • 507
    SHARES

    – लोकसारथि संवाददाता, काठमाडौं ।

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले संघीय सरकारप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत तीव्र टिप्पणी गरेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको संसदीय प्रतिवेदन सार्वजनिक भएपछि मेयर राईले आफ्नो धारणा सार्वजनिक गर्दै सरकारलाई कटाक्ष गरेका हुन्।

    मेयर साम्पाङले लेखेका छन्, “धरानमा किन एयरपोर्ट नबनाको भनेको त १०–१० अर्ब भ्रष्टाचार गरेर मात्रै बनाउने नीति रैछ! तर मेरो पालिकामा १० अर्ब त के १ रुपैयाँ मात्रै भ्रष्टाचार गरे रेलिङमा झुण्डाएर किक बक्सिङ सिक्ने प्र्याक्टिस ब्याक्स बनाएर पिना बनाउने नीति छ।”

    सरकारले भ्रष्टाचारलाई पूर्वसर्तजस्तै बनाएर मात्र विकास गर्ने प्रवृत्तिको आलोचना गर्दै, उनले धरानजस्तो जनतामुखी पालिकामा यस्तो नीति कहिल्यै नअपनाइने प्रष्ट पारेका छन्।

    पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार विषयमा सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले १४ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको ठहर गर्दै संसदमा प्रतिवेदन बुझाएको हो। सो प्रतिवेदनले विमानस्थलको लागत, निर्माण प्रक्रिया र ठेक्का व्यवस्थापनमा गम्भीर त्रुटि भएको उल्लेख गरेको छ।

    यो पृष्ठभूमिमा हर्क साम्पाङको अभिव्यक्ति आएको हो, जसमा उनले प्रस्टसँग उल्लेख गरेका छन् कि धरानमा विकास सुशासनको मार्गबाट मात्र सम्भव छ, भ्रष्टाचारबाट होइन।

    [निरन्तर अपडेटको लागि लोकसारथीसँगै रहनुहोस्]

    प्रकाशित : शनिबार, १० जेष्ठ २०८२ , ०७:२९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend