logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रतिपक्षीको माग पूरा गर्न असम्भव : प्रमुख सचेतक महेश बर्तौला

प्रतिपक्षीको माग पूरा गर्न असम्भव : प्रमुख सचेतक महेश बर्तौला


  • बुधबार, जेष्ठ २१ २०८२
  • 1.4K
    SHARES

    लोकसारथि संवाददाता, काठमाडौं ।

    नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले उठाएका मागहरू पूरा गर्न नसकिने स्पष्ट पारेका छन्।

    बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गृहमन्त्रीको राजीनामा दिनुपर्ने विपक्षीको माग र छानबिन समिति गठनको प्रस्ताव दुबै स्वीकार्य नहुने बताए। उनले गृहमन्त्रीलाई संसद्मै जवाफ दिन दिने वातावरण तयार गर्नुपर्नेमा जोड दिँदै भने, “पहिले गृहमन्त्रीको धारणा संसद्बाट सुन्नुपर्छ, त्यसपछि मात्र अन्य कुरा अघि बढ्न सक्छ।”

    उनले प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्न नियोजित ढंगले हल्का र अपरिपक्व प्रस्ताव अघि सारेको उल्लेख गर्दै त्यसबारे पुनर्विचार गर्नुपर्ने सुझाव दिए। “संसद् रोकेर सरकारलाई बन्धक बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन,” बर्तौलाले स्पष्ट पारे।

    प्रतिपक्षीको निरन्तर अवरोधका कारण बुधबारको संसद् बैठक अघि बढ्न सकेन। बैठक अब भोलि बिहीबार दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ।

    प्रकाशित : बुधबार, २१ जेष्ठ २०८२ , ०५:२५ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend