logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सरकारले ल्याएको बजेटमा गठबन्धन सरकारको साझेदार नेपाली कांग्रेस असन्तुष्ट

सरकारले ल्याएको बजेटमा गठबन्धन सरकारको साझेदार नेपाली कांग्रेस असन्तुष्ट


  • मंगलबार, जेष्ठ २७ २०८२
  • 962
    SHARES

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको बताएका छन्।नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए।उनले नेपाल-भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको बताए। सभापति देउवाले सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे।

    उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने बताए।

    उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने बताए।

    प्रकाशित : मंगलबार, २७ जेष्ठ २०८२ , ०८:०६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend