लोकसारथि संवाददाता, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा महावीर पुनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै उनले केशरमहलस्थित मन्त्रालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रलाई प्रभावकारी बनाउन चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । मन्त्रालयका अनुसार यी समितिहरूले अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी तथा सूचना प्रविधि र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सल्लाह दिनेछन् ।
समितिहरूको कार्यक्षेत्रको खाका तयार पारिएको र सदस्यहरूको नाम भने पछि टुंगो लगाइने मन्त्रालयले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
