logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

पूर्वप्रधानमन्त्री माधव नेपालसहित पाँच उम्मेदवार उजुरीको घेरामा

पूर्वप्रधानमन्त्री माधव नेपालसहित पाँच उम्मेदवार उजुरीको घेरामा


  • बुधबार, माघ ७ २०८२
  • 689
    SHARES

    ७ माघ, काठमाडौं ।

    विभिन्न निर्वाचन क्षेत्रका पाँच जना उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका दुई जनासहित पाँच जनाविरुद्ध उजुरी परेको हो।

    भक्तपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठकविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ।

    यसैगरी, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारीविरुद्ध पनि उजुरी परेको छ। नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका छन्।

    कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी नेपालका रेशम चौधरीविरुद्ध पनि उजुरी दर्ता भएको छ। त्यस्तै, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लालबिक्रम थापाविरुद्ध पनि आयोगमा उजुरी परेको छ।

    निर्वाचन आयोगका अनुसार प्राप्त उजुरीहरूमाथि प्रारम्भिक अध्ययन भइरहेको छ। आयोगले हालसम्म कुन उम्मेदवारविरुद्ध कुन विषयमा उजुरी परेको हो भन्ने विषयमा कुनै विवरण सार्वजनिक गरेको छैन।

    आयोगले कानुनी प्रक्रिया पूरा गरी उजुरीहरूको छानबिनपछि आवश्यक निर्णय लिने जनाएको छ।

    प्रकाशित : बुधबार, ७ माघ २०८२ , ०७:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend