logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

रास्वापाको संगठनात्मक विस्तारीकरण तीव्र

रास्वापाको संगठनात्मक विस्तारीकरण तीव्र


  • शुक्रबार, साउन १९ २०८०
  • 728
    SHARES

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति गठन गरि देश ब्यापी नेतृत्व गर्ने नेताहरुको चयन अभियान सुरु भएको छ। यी सांगठनिक विस्तार राजनीतिक प्रकृतिका हुन् र यी समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्य बाहेक अन्य मापदण्ड तोकिएको छैन ।

    त्यस्तै यी केन्द्रीय समिति अन्तर्गत रहनेगरि केन्द्रीय विभागहरू, प्रदेश समिति अन्तर्गत रहनेगरि प्रदेश विभागहरू र पालिका समिति अन्तर्गत रहनेगरि पालिका विभागहरू छन् । यि विभागहरू विषय अनुसार छन् र पार्टीलाई आवश्यक विज्ञताका लागि यी विभागहरू गठन भएका हुन् । अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभाग लगायतका कुल ३६ ओटा विभागहरु रहेका छन् । अर्थ नीति विभागले देशलाई आवश्यक अर्थ नीति कस्तो हुनपर्छ भनेर पार्टीको नीति बनाउँछ, त्यस्तै शिक्षा, स्वास्थ्य विभागले पनि पार्टीको तर्फबाट सम्बन्धित क्षेत्रमा काम गर्छन् ।

    केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुनका लागि तोकिएको योग्यता —
    १) मास्टर्स डिग्रीअध्ययन गरेको हुनपर्ने ।
    २। मास्टर्स डिग्री नभए सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव रहेको हुनपर्ने ।
    ३। मास्टर्स डिग्री नभए र अनुभव पनि नभए सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनपर्नेछ ।

    मानिलिऊँ, तपाईं कृषि विभागमा बसेर काम गर्न चाहनुहुन्छ भने, कृषि क्षेत्रमा मास्टर्स डिग्री गरेको हुनपर्छ । पढेको हुनुहुन्न भने कृषि क्षेत्रमा काम गरेको १० वर्ष बढी हुनपर्छ वा यसमा केही असाधारण काम गरेको हुनपर्छ ।

    त्यस्तै प्रदेश विभागको सदस्य र पालिका विभाग प्रमुख हुनका लागि स्नातक तहको डिग्री वा ५ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनपर्छ । त्यस्तै पालिका विभाग सदस्यका लागि १२ पास वा २ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनपर्छ ।

    कि त पढेर जानेको मान्छे, कि त परेर जानेको मान्छे, कि त असाधारण क्षमता हासिल गरेको मान्छे विभागहरूमा भए भने देशका लागि आवश्यक नीति निर्माणमा सहज हुन्छ र देशलाई समृद्धिको यात्रामा डोर्याउन सकिन्छ ।

    प्रकाशित : शुक्रबार, १९ साउन २०८० , ०५:०२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend