Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

पार्टीको नाम परिवर्तनबारे माओवादीमा छलफल, महाधिवेशनमा निर्णय हुने

पार्टीको नाम परिवर्तनबारे माओवादीमा छलफल, महाधिवेशनमा निर्णय हुने


  • मंगलबार, असोज २ २०८०
  • 507
    SHARES

    असोज २, काठमाडौ । नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तनका लागि छलफल अघि बढाएको छ।

    गत भदौ २५ गते बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको नाम परिवर्तनका लागि छलफल थाल्न कार्यकर्तालाई निर्देशन दिँदै नाम परिवर्तनबारे आगामी महाधिवेशनमा निर्क्यौल गर्ने निर्णय गरेको हो।

    पदाधिकारी बैठकको निर्णयबारे भदौ ३० गते सर्कुलर जारी गर्दै माओवादी केन्द्रले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल भइरहेको उल्लेख गरेको छ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेर तल्ला कमिटीहरूमा पठाएको सर्कुलरमा पार्टी एकतालाई सफल बनाउन माओवादी केन्द्र छोड्न सकिने उल्लेख छ।

    ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडि कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ,’ सर्कुलरमा उल्लेख छ।

    माओवादीको गत साउन १६ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले अरू कम्युनिष्ट पार्टीहरूसँग एकताका लागि छलफल गर्न उपाध्यक्ष कृष्णबहादुर महरालाई संयोजक तोकेको थियो।

    महराले केन्द्रीय कमिटी बैठकअघि देखि नै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पार्टीमा ल्याउने प्रयास गरेका थिए। तर विप्लवलाई माओवादीमा ल्याएर जिम्मेवारी दिँदा पार्टीभित्रकै एउटा समूह भड्किने डर भएको भन्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले महाधिवेशनसम्म पार्टी एकताको काम थाती राख्न निर्देशन दिएका थिए।

    माओवादीले पूर्वमाओवादी र अरू साना कम्युनिष्ट पार्टीहरूसँग एकताको प्रक्रिया अघि बढाउने निर्णय पनि केन्द्रीय कमिटीको बैठकमा गरेको थियो।

    यसअघि २०७५ सालमा एमालेसँग एकीकरण गर्दा माओवादीले नाम छोडेको थियो। सर्वोच्च अदालतको आदेशपछि अध्यक्ष प्रचण्डले पुरानै माओवादी केन्द्र ब्युँताएका थिए।

    २०५२ मा माओवादी भएर भूमिगत राजनीति थालेको उक्त पार्टीले ०६५ सालमा नारायणकाजी श्रेष्ठको पार्टी एकीकृत मसालसँग एकता गरेपछि पार्टीको नाम नेकपा एकीकृत राखेको थियो।

    पछि रामबहादुर थापा ‘बादल’ लगायत नेताहरू एकता प्रक्रियामा मिसिएपछि एकीकृत नेकपा माओवादी केन्द्र बनेको थियो।

    पार्टीको नाम फेर्ने र एमाले बाहेकका कम्युनिष्ट पार्टीहरू मिलेर एउटै पार्टी बनाउने छलफल गतवर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि पनि चलेको थियो। नेकपा माओवादीसहितका कम्युनिष्ट पार्टीहरूले अहिले समाजवादी मोर्चा बनाएर देशव्यापी कार्यक्रम गरिरहेको छ।

    प्रकाशित : मंगलबार, २ असोज २०८० , ०२:२४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend