Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जन्म मृत्यु दर्ताको प्रमाण-पत्र र राहदानी घर घरमै उपलब्ध गराइने

जन्म मृत्यु दर्ताको प्रमाण-पत्र र राहदानी घर घरमै उपलब्ध गराइने


  • सोमबार, असोज ८ २०८०
  • 546
    SHARES

    गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७, भुर्तुङ्गका वडा अध्यक्ष घनश्याम थापाले आफ्नो वडाबासिलाइ सहज र दुरुस्त सेवा दिने निर्णय गरि जन्म र मृत्यु दर्ता प्रमाणपत्र र राहदानी सेवा ग्राहिको घरमै पुर्याईदिने ब्यबस्था मिलाएका छन ।

    जन्म र मृत्यु दर्ताको प्रमाण पत्र को लागि नेपाल सरकारको नियमानुसार ३५ दिन भित्र वार्ड कार्यलय बाट निशुल्क पाइने र ३५ दिन नाधेमा अतिरिक्त शुल्न्क लाग्ने भएको हुदा वार्डबासि सम्पुर्ण लाइ यो नियम जानाकारि नहुन सक्ने भएकाले ३५ दिन भित्रमा वार्डमा आइ टिपोट गराएमा प्रमाणपत्र घर घरमै पुराइदिने नियम गराएको अध्यक्ष थापाले बताए। साथै राहदानि बनाउन आवस्यक पर्ने दस्ताबेज सहित सम्बन्धित कार्यलय तम्घासमा रिपोर्ट गरे पाश्चात राहादानि बनिसके पछि वार्डले सम्बन्धित निकाय देखि संकलन गरि सम्बन्धित ब्यक्तिको घरमा पुराइदिने बाचा समेत गरेका छन। बडाबासिले यस निर्णय लाइ सह्राहनिय बताएका छन्।

    जनताको साथ भएमा कानुन भित्र रहेर जुनसुकै कार्य पनि सम्पादन गर्न सक्ने अध्यक्ष थापाले बताए। आफुलाइ जनताले चुनेको हुदा जनताको सेवा सुबिधाको लागि पहल गर्दा भिन्नै प्रकारको आत्म सन्टुष्टि मिल्ने अध्यक्ष थापाले बताए।

    प्रकाशित : सोमबार, ८ असोज २०८० , ०८:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend