Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

मध्यरातमा सकियो एमाले कोसीको मतदान, १ बजेपछि मतगणना

मध्यरातमा सकियो एमाले कोसीको मतदान, १ बजेपछि मतगणना


  • सोमबार, असोज १५ २०८०
  • 689
    SHARES

    विराटनगर । नेतृत्व चयन गर्न भएकाे नेकपा एमाले कोसी प्रदेशको मतदान मध्यरातमा सकिएको छ । आज मतगणना गरिने एमालेले जनाएको छ । दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ ।

    मतदान राति अबेर सुरु भएको थियो । प्रमुख निर्वाचन आयुक्त चुणामणि आचार्यले प्राविधिक पक्ष मिलाउँदा ढिलो भएको बताए ।

    आइतबार बिहान ११ बजेदेखि मतदान कार्यतालिका रहे पनि १० बजे रातिमात्रै सुरु भएको थियो । ३७ स्थानमा एकै पटक मत खसाल्ने व्यवस्था मिलाइएको थियो ।

    निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन् । अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

    उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा शैलेस लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् । उपसचिवमा खेम नेपाली, जलवर्षा राजवंशी र देवान राई प्रतिस्पर्धामा छन् । ९९७ जना मध्ये २० जना प्रतिनिधिले मतदान नगरेको बताइएको छ ।

    प्रकाशित : सोमबार, १५ असोज २०८० , १०:१४ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend