Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नेपालगन्जमा कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय निर्णय

नेपालगन्जमा कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय निर्णय


  • बुधबार, असोज १७ २०८०
  • 650
    SHARES

    बुटवल । नेपालगन्जको कर्फ्यू खुकुलो बनाउने सर्वपक्षीय बैठकले  निर्णय  गरेको छ । चार दिनयता बढेको साम्प्रदायिक तनावका कारण लागेको कर्फ्यू क्रमशः खुकुलो बनाउँदै पूर्ण रूपमा हटाउन प्रयत्न गर्ने निर्णय यहाँस्थित राजनीतिक दल, सुरक्षा निकायले गरेका छन् ।

    तर, आज रातभर भने कर्फ्यू कायम रहने  सम्भावना  रहेको छ । कर्फ्यू  हटाउन  जिल्लाको सुरक्षा समितिले निर्णय गर्नुपर्ने हुन्छ ।  उक्त बैठक बस्ने नबस्ने अझैसम्म टुङ्गो छैन । आज सर्वपक्षीय बैठकले सामाजिक सञ्जालबाट सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउने क्रियाकलाप गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुनबमोजिम कडा कारबाही गर्ने निर्णयमा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा सांसद  डा धवल शमसेर राणा, प्रदेश सांसद नमुना केसी, नेपालगञ्ज नगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुदिन राय लगायतको उपस्थिति रहेको थियो ।

    बाँके जिल्ला प्रहरी कार्यालय  प्रवक्ता डीएसपी नारायण डाँगीले  कर्फ्यू क्रमशः खुकुलो  बनाउँदै लैजाने भए पनि राती कर्फ्यू हटाउने विषयमा अहिलेसम्म कुनै निर्णय  नभएको रातोपाटीलाई बताए ।

    नेपालगन्जमा मङ्गलवार दिउँसो  १ बजेबाट प्रशासनले कर्फ्यू  लगाएको  छ ।

    one

    प्रकाशित : बुधबार, १७ असोज २०८० , ०९:४६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend