Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

कोसीमा नयाँ सरकार गठन आह्वान

कोसीमा नयाँ सरकार गठन आह्वान


  • शनिबार, असोज २० २०८०
  • 429
    SHARES

    विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएको छ । शनिबार प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

    नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गर्दै उनले ६ दिनको समयसीमा दिएका छन् ।

    विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामापत्र बुझाएका थिए ।

    सर्वोच्च अदालतको परमादेशबाट कार्की गएको भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमत (४७) सांसदको समर्थनप्राप्त प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्न सक्ने उपधारा ५ मा व्यवस्था छ ।

    afg-1696689535.jpg

     

    प्रकाशित : शनिबार, २० असोज २०८० , ०९:१९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend