Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

शान्ति प्रक्रियाप्रति नकारात्मक प्रवृत्ति : प्रधानमन्त्री दाहाल

शान्ति प्रक्रियाप्रति नकारात्मक प्रवृत्ति : प्रधानमन्त्री दाहाल


  • शुक्रबार, असोज २६ २०८०
  • 546
    SHARES

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौतामा जनयुद्ध र शान्ति प्रक्रिया अन्त्य गर्ने पक्षमा नकारात्मक प्रवृत्ति रहेको बताएका छन् ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘संक्रमणकालीन न्याय प्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधान’ विषयमा द्वन्द्वपीडितका आफन्त र परिवारसँगको राष्ट्रिय परामर्शको निष्कर्ष ग्रहण गर्दै उनले व्यापक शान्ति सम्झौताका सन्दर्भमा नकारात्मक प्रवृत्ति देखापरेको बताए ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्धमा संलग्न र द्वन्द्वपीडित सबैको समस्यालाई पक्ष वा प्रतिपक्ष नबोलाएर सम्बोधन गर्ने प्रयास गरिरहेको पनि बताए । द्वन्द्वमा मारिएका प्रहरीका परिवारसँग पनि भेट गरेको दाहालले बताए ।

    प्रधानमन्त्री दाहालले हालै सम्पन्न राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति प्रक्रियाबारे आफूले कुरा गरेको बताउँदै त्यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको बताए ।

    दाहालले नेपालको संक्रमणकालीन न्याय प्रक्रिया पूरा भएमा विश्वमा नयाँ उदाहरण बस्ने भएकाले शान्ति प्रक्रिया पूरा गर्न सबैले सहयोग गर्नुपर्ने बताए ।

    प्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया र चुनौतिका बारेमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालले भोगिरहेको वातावरणीय समस्यालाई बुझ्न युएनएसजीको आसन्न नेपाल भ्रमणले सहयोग पुग्ने बताए ।

    ‘राजनीतिक तहमा यसअघि भएको सहमतिअनुसार शान्ति प्रक्रिया टुंग्याउने काम गरिरहेको छु, यसका लागि शान्ति प्रक्रियामा संलग्न सबै दललाई टीआरसी विधेयकमा सहमतिमा ल्याउने प्रयास गरिरहेको छु’, उनले भने । शान्ति प्रक्रिया पूरा गर्न माओवादी केन्द्र र सरकारजस्तै विपक्षी दल इमान्दार हुन नसकेको उनको भनाइ छ । -AP/RSS

    प्रकाशित : शुक्रबार, २६ असोज २०८० , ०९:१८ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend