Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

घोराही–तुलसीपुर चार लेनको सडक छिट्टै सञ्चालनमा आउने

घोराही–तुलसीपुर चार लेनको सडक छिट्टै सञ्चालनमा आउने


  • शनिबार, असोज २७ २०८०
  • 650
    SHARES

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको निर्माण कार्य छिट्टै सम्पन्न हुने बताइन् ।

    नेकपा (माओवादी केन्द्र)ले आज दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१६ मा आगामी दशैं, तिहार, छठलगायतका चाडपर्वको शुभकामना आदानप्रदान गर्न आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

    तिहार लगत्तै आयोजनाको टेन्डर सूचना जारी गरिने शर्माले जानकारी दिइन् ।

    हालको घोराई–तुलसीपुर सडकलाई चार लेनमा स्तरोन्नति गरिने मन्त्रीले बताइन् । यसका लागि सम्भाव्यता अध्ययन र अन्य सर्वेक्षण भइसकेको छ । साथै यस विषयमा सम्बन्धित मन्त्री र निकायसँग छलफल चलिरहेको छ ।

    अहिले सडक मर्मतको काम भइरहेको छ । यसअघि जीर्ण सडकको स्तरोन्नति पाँच वर्षदेखि ठप्प हुँदा यातायातमा समस्या हुनुका साथै कयौं सडक दुर्घटना समेत भएको थियो ।

    सो अवसरमा मन्त्री शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि भवन निर्माणका लागि रु ३० करोड विनियोजन गरिएको बताइन्

    प्रकाशित : शनिबार, २७ असोज २०८० , ०२:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend