Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

सरकारले भूकम्प पीडितका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने

सरकारले भूकम्प पीडितका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने


  • आइतबार, कार्तिक १९ २०८०
  • 1.4K
    SHARES

    नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रति मृतक दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णयको जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले तत्काल राहतस्वरुप पहिलो चरणमा सहयोग गर्ने निर्णय भएको जानकारी दिइन् ।

    त्यस्तै, मन्त्री शर्माले जाजरकोट भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै राहत तथा उद्धार कार्यलाई तीव्रता दिने र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिएको जानकारी दिए । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पमा जाजरकोट र रुकुम पश्चिम जिल्लामा एक सय ५७ जनाको मृत्यु भएको छ ।

    प्रकाशित : आइतबार, १९ कार्तिक २०८० , १२:५१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend