Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

सभाहलको अभाव देखाउँदै कांग्रेस महासमिति बैठकको मिति सारियो

सभाहलको अभाव देखाउँदै कांग्रेस महासमिति बैठकको मिति सारियो


  • आइतबार, कार्तिक १९ २०८०
  • 377
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकको मिति सारिएको छ ।

    महासमिति बैठक आउँदो मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । यसअघि, महासमिति बैठक मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा गर्ने भनिएको थियो ।

    आइतबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकबाट महासमिति बैठक सार्ने निर्णय गरिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

    “तत्कालै हलको अभाव । दोस्रो, भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएको कारणले हो,” उनले भने, “अर्कोतिर, हलका लागि प्राविधिक केही कठिनाइ भयो । क्षमता पुग्ने हल काठमाडौंमा भएन भने बाहिरको हल बुकिङ गर्दा गोदावरी जानुपर्ने भएकाले त्यो समयमा मात्र हल उपलब्ध हुने भएपछि हामीले मंसिरको २९, ३० र पुसको १ र २ गतेभित्र बैठक सम्पन्न गर्ने निर्णय गरेका छौँ ।”

    प्रकाशित : आइतबार, १९ कार्तिक २०८० , १२:५४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend