Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एमालेले कोसी सरकारलाई दिएको समर्थन फिर्ता नलिने

एमालेले कोसी सरकारलाई दिएको समर्थन फिर्ता नलिने


  • सोमबार, कार्तिक २० २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । कोसी प्रदेशमा नेकपा (एमाले) संसदीय दलको बैठकले प्रदेशसभामा प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।

    सरकारबाट शनिबार बाहिरिएपछि सोमबार बसेको संसदीय दलको बैठकले एमालेकै समर्थनमा बनेको सरकारमा पछि विश्वासको मत दिएका सबैलाई राखेर एमालेलाई नै कर्नरमा पार्ने प्रयास भएको निष्कर्ष निकाल्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमालेले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत भने फिर्ता लिने छैन ।

    एमाले र कांग्रेसका आठ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका सांसद केदार कार्कीले सुरुमा कांग्रेस र एमालेका दुई मन्त्री बनाएर शपथ गराएका थिए । त्यसपछि एमालेसँग पटक पटक वार्ता हुँदा पनि कुरा नमिलेपछि एमाले सरकारबाट बाहिरिएको हो ।

    एमालेले सरकार संचालन कांग्रेस र एमालेले प्रभावकारी रूपमा गर्ने र अन्य दलसँग कोसी प्रदेशमा सहकार्य नगर्ने प्रस्ताव राखेको थियो । उसले प्रदेशको प्रभावकारिता कायम राख्न पनि दुई दलले काम गर्नुपर्ने बताएको थियो ।

    तर, मुख्यमन्त्री कार्कीले भने प्रदेशको विशिष्ट अवस्थाका कारण एमालेले समर्थन दिँदा करिब सर्वसम्मतिको अवस्था कायम भएको भन्दै कोसी प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने गरी दलीय सहकार्य अघि बढाउने प्रस्ताव गरेका थिए । उनले सर्वदलीय सरकार बनाएर अघि बढ्ने विषयमा यस अघिका दुई मुख्यमन्त्रीले पहल गरेर पनि सम्भव नभएको भन्दै विशिष्ट अवस्थामा सबै दल एक ठाउँ भएको भन्दै सहकार्यको प्रस्ताव गरेका थिए ।

    “विशिष्ट अवस्थामा प्रदेशका अधिकांश दल एक ठाउँ उभिएर विश्वासको मत दिएको अवस्था छ । यस अघिका मुख्यमन्त्री हिक्मतकुमार कार्की र उद्धव थापा दुवैले सर्वदलीय सरकार भन्नुभएको थियो । अहिले त्यो अवस्था बनेकाले एमाले अझै पनि सरकारमा आउँछ भन्ने हामीलाई विश्वास छ,” कोसी प्रदेश सरकारका प्रवक्ता मन्त्री शमशेर राईले भने ।

     

    प्रकाशित : सोमबार, २० कार्तिक २०८० , ०२:५२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend