कार्तिक २१, बुटवल । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान उक्त क्षेत्रको भ्रमण गर्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले भूकम्पपछिको प्राकृतिक प्रकोपका कारण देश बाहिर जानु उपयुक्त नभएको भन्दै आगामी सोमबारको लागि तय गरिएको युरोप भ्रमण स्थगित गर्नुभएको हो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
