Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

रोल्पाको थवाङ, विचार र क्रान्तिको प्रतीक, विप्लवसँग छिट्टै एकता हुने: प्रम दाहाल

रोल्पाको थवाङ, विचार र क्रान्तिको प्रतीक, विप्लवसँग छिट्टै एकता हुने: प्रम दाहाल

  • शुक्रबार, कार्तिक २४ २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।

    शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा हर्ष लागेको सुनाए ।

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाको थवाङ, विचार र क्रान्तिको प्रतीक भएको बताएका छन् ।

    शुक्रबार रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले ६ वर्षपछि आधारक्षेत्र थवाङ आउन पाउँदा हर्ष लागेको सुनाए ।

    “झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ । म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ । जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको थियो,” उनले भने, “थवाङ विचार र क्रान्तिको प्रतीक हो । यसले विचार दियो, गुणात्मक परिवर्तन दियो । एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ । यहाँ आएर फर्किंदा म जहिले पनि उर्जा लिएर फर्किन्छु ।”

    उनले शान्ति प्रक्रियापछि माओवादीहरू विभाजित भएको बताउँदै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपासँग छिट्टै एकताबद्ध हुने बताए ।  “शान्तिप्रक्रियापछि हामी माओवादीहरू विभाजित भयौं । अहिले क्रमशः एकताको आधार तयार हुँदै छ । विप्लवजीहरू पनि एकता र ध्रुवीकरणको मुद्दामा नजिकै हुनुहुन्छ । हामी छिट्टै एकताबद्ध हुन्छौँ,” उनले भने ।

    प्रकाशित : शुक्रबार, २४ कार्तिक २०८० , ०६:३९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend