Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीले थाल्यो घरदैलो अभियान

राष्ट्रिय स्वतन्त्र पार्टीले थाल्यो घरदैलो अभियान


  • शनिबार, मंसिर २ २०८०
  • 1.8K
    SHARES

    रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि घरदैलो अभियान सुरु गरेको छ । रास्वापा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार निर्वाचन भएको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव संकलनका लागि तीनदिने घरदैलो अभियान सञ्चालन गरिएको हो ।

    ‘जनकेन्द्रित राजनीतिको आधार, घरदैलोमा जनतालाई आभार’, नारासहित रास्वापाले घरदैलो अभियान थालेको हो । रास्वापाका सांसदले एक वर्षको ‘रिपोर्ट कार्ड’ सहित मतदातासँग साक्षात्कार गर्ने जानकारी दिए । अभियानका क्रममा घरदैलो सुझाव फारममार्फत जनताको सुझाव संकलन गर्ने प्रवक्ता ढकालको भनाइ छ । ‘‘चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नुपर्छ भन्ने मान्यता अनुरुप हामी घरदैलो कार्यक्रम गर्दै छौं ।’’ ढकालले थपे । यही मंसिर ४ गते निर्वाचन भएको एक वर्ष पूरा हुँदैछ ।

    पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्य लगायत अभियानमा सहभागी हुने छन् । उनले भने–‘‘एक सय ३१ निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्रमा नेता तथा कार्यकर्ता परिचालन गरिने छ ।’

    प्रकाशित : शनिबार, २ मंसिर २०८० , ०८:१८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend