Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

माओवादीसँग एकता गर्न नेसपाले बनायो समिति, संयोजकमा बाबुराम भट्टराई

माओवादीसँग एकता गर्न नेसपाले बनायो समिति, संयोजकमा बाबुराम भट्टराई


  • बुधबार, मंसिर ६ २०८०
  • 546
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले नेकपा (माओवादी केन्द्र)सहितका विचार मिल्ने दलसँग एकता गर्न समिति गठन गरेको छ । बुधबार केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता तथा ध्रुवीकरण संयोजन समिति गठन गरेको हो ।

    समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह छन् ।

    समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रसहित विचार तथा राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकताका लागि काम गर्ने छ । बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि दुई महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने निर्णय पनि गरेको छ ।

    प्रकाशित : बुधबार, ६ मंसिर २०८० , ०७:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend