Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दुर्गा प्रसाईंको महाअभियानमा धर्म गुरुहरुको सहभागिता

दुर्गा प्रसाईंको महाअभियानमा धर्म गुरुहरुको सहभागिता


  • सोमबार, मंसिर ११ २०८०
  • 416
    SHARES

    काठमाडौं- मेडिकल व्यावसायी दुर्गा प्रसाईंको नेतृत्वमा रहेको ‘राष्ट्र बचाऔं’ महाअभियानमा आवद्ध धर्म गुरु परिवारले सोमबार गौशलामा प्रदर्शन गरेको छ।

    धर्म गुरु परिवारको प्रदर्शन र नारावाजीका कारण यतिबेला राजधानी काठमाडौंको गौशलास्थित सडकमा सवारी आवत-जावतमा समस्या भएको छ।

    बाक्लो संख्या प्रदर्शनकारीहरुको जम्मा भएको भीडका कारण सवारी साधान दोहोरो रुपमा चल्न सकेका छैनन्।

    मेडिकल व्यावसायी प्रसाईंले यही मंसिर ७ गतेदेखि ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाऔं’ महाअभियानको थालनी गरेका गरेका हुन्। त्यसयता सरकारको ‘नजरबन्द’का बाबजुद पनि उनी र उनका समर्थकले विभिन्न किसिमका आन्दोलनका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेका छन्।

    प्रसाईंले आन्दोलन सुरु गर्दाको दिन नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालले पनि प्रदर्शन कार्यक्रम गरेको थियो।

    प्रकाशित : सोमबार, ११ मंसिर २०८० , ०२:३० बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend