Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

विवादित धार्मिक गुरु, दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ

विवादित धार्मिक गुरु, दुर्गा प्रसाईंका स्वकीय सचिव सहित १५ जना पक्राउ


  • मंगलबार, मंसिर १२ २०८०
  • 897
    SHARES

    १२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।
सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्य सहित मेडिकल व्यवसायी प्रसाईंका स्वकीय सचिव विना योञ्जन थापा समेत छन् । श्रीनिवासले प्रचण्डको बाउको देश हो यो? महेश बस्नेतको बाउको देश हो यो? यो तिनकुने महेश बस्नेतको बिर्ता हो ? हामी सिंगो दरबार घेछौं । पुलिस प्रशासन गोली हान छातीमा गोली हान । आधी घण्टा गौशालाको चोक सम्बोधन गर्न दिएनौ भने तिमी पुलिसको हातबाट मछौं हामी । भन्दै भडकाउपूर्ण भाषण गरेका थिए ।

    प्रसाईंको आह्वानमा केही दिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ । भोजराज तिमिल्सिना, निकेश बास्तोला, हरि विशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । उनीहरुलाई गौशाला सहित विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रकाशित : मंगलबार, १२ मंसिर २०८० , ०१:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend