Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन एमालेद्वारा इन्जिनियरसहितको टोली परिचालन

मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन एमालेद्वारा इन्जिनियरसहितको टोली परिचालन


  • शनिबार, मंसिर १६ २०८०
  • 481
    SHARES

    काठमाडौं । नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियसहितको टोली परिचालन गरेको छ । मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरूमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउन विज्ञहरूसहितको टोली परिचालन गरेको हो ।

    न्युज एजेन्सी नेपालसँग एमाले उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरूसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने जानकारी दिए ।

    लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भए पनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने उनको भना इछ । उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरी पुष्पलाल लोकमार्गको विकास गर्ने लक्ष्य रहेको बताए ।

    नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली–मेची अभियान सुरु गरेको हो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४÷६५ मा तराईमा जस्तै मध्यपहाडी भू–भागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए । भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर अघि बढाइएको थियो ।

    एक हजार ८७९ किलोमिटरमध्ये ४६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरबाट सुरु हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेड एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्नेलगायत कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।

    प्रकाशित : शनिबार, १६ मंसिर २०८० , ०१:०३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend