Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एकीकृत समाजवादीले महाधिवेशन २०८१ साल माघ १४ र १५ मा गर्ने

एकीकृत समाजवादीले महाधिवेशन २०८१ साल माघ १४ र १५ मा गर्ने


  • मंगलबार, मंसिर १९ २०८०
  • 338
    SHARES

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्नो राष्ट्रिय महाधिवेशनलाई २०८१ सालमा पुर्‍याइएकोे छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले नयाँ मिति तोक्दै महाधिवेशनलाई २०८१ मा पुर्‍याएको हो ।

    बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । खतिवडाका अनुसार पार्टीले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । एकीकृत समाजवादीको बैठकले विधानमा हेरफेर गर्न कार्यदल समेत गठन गरेको छ । माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गरिने भएकाले त्यसका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको प्रवक्ता खतिवडाले बताए ।

    कार्यदलको संयोजकमा संगठन विभाग प्रमुख समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसाल रहेका छन् भने महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला सदस्य रहेका छन् ।

    सचिवालय बैठकले सम्मेलनको व्यवस्थापनका लागि नेताहरु गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, सावित्रा भुसाल, केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी प्रदान गरेको छ ।

    त्यस्तै राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरिएको छ । जसमा केन्द्रीय सचिवालयका सबै सदस्य र केन्द्रीय पदाधिकारी नरहेका चारवटा विशेष क्षेत्रका सदस्यहरु रहने व्यवस्था मिलाइएको छ ।

    त्यसअघि मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको प्रमुख खतिवडाले जानकारी दिए ।

    प्रकाशित : मंगलबार, १९ मंसिर २०८० , ०३:५९ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend