Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

कांग्रेस सभापति देउवा आज पोखरा आउने

कांग्रेस सभापति देउवा आज पोखरा आउने


  • मंगलबार, पुष ३ २०८०
  • 481
    SHARES

    पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन् ।

    नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्न सभापति देउवा पोखरा आउने भएका हुन् ।

    सभापति देउवाका साथमा पार्टीका शीर्षस्थ नेता कार्यक्रममा सहभागी हुने बताइएको छ ।

    सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाका करिब ५ सय प्रतिनिधिले भाग लिने प्रवक्ता मधु बास्तोलाले बताए ।

    प्रतिनिधि पोखरा आउनेक्रम जारी छ । सम्मेलनको पहिलो दिन पोखरा सभागृहमा उद्घाटन र भोलिपल्ट पोखरा पार्टी प्यालेस बास्तोलाथरमा बन्दसत्र हुनेछ ।

    सम्मेलनमा कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले अवधारणा पत्र पेस गर्नेछन् ।

    यस्तै, महामन्त्री किरणबाबु श्रेष्ठले संगठन प्रतिवेदन र अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले राजनीतिक प्रतिवेदन एवं कोषाध्यक्ष वसन्तकुमार श्रेष्ठको आर्थिक प्रतिवेदन पनि प्रस्तुत गर्ने कांग्रेस गण्डकी प्रदेश सूचना, सञ्चार तथा प्रचारप्रसार विभाग प्रमुख रमेश पौडेलले बताए ।

    सम्मेलनले पार्टीलाई विधान बमोजिम सञ्चालन गर्न र जनतासँग जोडिने गरी नयाँ कार्यक्रम तय गर्न सहज हुने भन्दै पार्टीलाई सशक्त र गतिशील बनाउन बल पुग्ने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए ।

    प्रकाशित : मंगलबार, ३ पुष २०८० , ०८:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend