Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

नयाँ हलमा मन्त्रिपरिषद्को बैठक : सरकारको एक वर्षे समीक्षा

नयाँ हलमा मन्त्रिपरिषद्को बैठक : सरकारको एक वर्षे समीक्षा


  • बुधबार, पुष ४ २०८०
  • 507
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद्को बुधबारको बैठकमा सरकारको एक वर्षे अवधिको समीक्षा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएको पुस १० गते एक वर्ष पुग्दैछ ।

    सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेको छ । र सोही भवनमा मन्त्रिपरिषद्को बैठक बसेको हो । अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आजको बैठकमा सरकारको सामान्य समीक्षा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकमा मुख्यसचिव बैकुण्ठ अर्यालले सरकारलाई गति दिन सुधार गर्नुपर्ने कामका विषयमा प्रस्तुति दिएका थिए ।

    “प्रधानमन्त्रीले पदभारग्रहण गर्नुभएको एक वर्ष पुग्दैछ । त्यसमा केही सामान्य समीक्षा भएको छ । मुख्य सचिवले समग्र कामलाई ‘पिकअप’ लिन, कतिपय प्रक्रियामा भएका समीक्षाहरू, हाम्रा इच्छा शक्तिमा भएका समस्याहरूदेखि लिएर हामीले निर्णय प्रक्रियामा सुधार गर्नुपर्ने कतिपय कुराहरू छन् । हाम्रा ऐन कानुन कार्यविधि, नियमावलीमा सुधार गर्नुपर्ने कुरामा पनि विस्तृत प्रस्तुति दिनुभएको थियो,” सरकारी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले बताइन् ।

    आजको बैठकमा मुलतः सरकारको कामको प्रगति र कामलाई गति दिने विषयमा छलफल भएको उनले बताइन । बैठकले उखु किसानले प्रतिक्विन्टल ६३५ रुपैयाँ पाउने निर्णय गरेको छ ।

    प्रकाशित : बुधबार, ४ पुष २०८० , ०१:४१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend