Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

जनमत पार्टीका अध्यक्ष सिके राउत सहित ५३ जना बबरमहलबाट गिरफ्तार

जनमत पार्टीका अध्यक्ष सिके राउत सहित ५३ जना बबरमहलबाट गिरफ्तार


  • सोमबार, पुष १६ २०८०
  • 312
    SHARES

    काठमाडौ । माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा प्रहरीले जनमत पार्टीका अध्यक्ष प्रतिनिधिसभा सदस्य चन्द्रकान्त (सिके) राउत सहित ५३ जनालाई प्रहरीले ०८० पुस १६ गते गिरफ्तार गरेको छ । जनमत पार्टीको विद्यार्थी सङ्गठन विद्यार्थी जनमत सङ्घले आयोजना गरेको ‘राष्ट्रिय धोती दिवस’ को अवसरमा र्‍याली कार्यक्रम माइतिघर मण्डलातर्फ अगाडि बढेपछि प्रहरीले राउत सहितका नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

    गिरफ्तारीमा पर्नेहरूमा प्रतिनिधिसभा सदस्य ललितपुरका ४५ वर्षीय सिके राउत, प्रतिनिधिसभा सदस्य बर्दियाका ३८ वर्षीय अब्दुल खान, झापाका ५५ वर्षीय बुद्धि राज न्यौपाने, धनुषाका २० वर्षीय अरुण यादव, धनुषाका ४७ वर्षीय संजय कुमार साह, सप्तरीका ३० वर्षीय अजय कुमार चौधरी, सुनसरीका ३९ वर्षीय अलिम मन्सुरी, धनुषाका २४ वर्षीय राहुल साह, सप्तरीका ३५ वर्षीय डा. सिके सिंह, बाँकेका ३५ वर्षीय हरपाल सिंह, सर्लाहीका २४ वर्षीय मनिस साह, सिराहाका २३ वर्षीय मनोज यादव, सप्तरीका २३ वर्षीय मान्नु यादव, धनुषाका ५९ वर्षीय अवदुल हलिम, महोत्तरीका २० वर्षीय सिद्दान्त यादव, सर्लाहीका ५६ वर्षीय रामस्नेही प्रसाद यादव, सिराहाका ४८ वर्षीय राजदेव खडक यादव, सप्तरीका २७ वर्षीय मुकेश यादव, सिराहाका २७ वर्षीय पोषण यादव, सिराहाका २७ वर्षीय देव पासवान, धनुषाका २५ वर्षीय बिमल ठाकुर, धनुषाका २७ वर्षीय सम्भु कुमार ठाकुर, सर्लाहीका २५ वर्षीय बिक्रम पटेल, सप्तरीका ५२ वर्षीय डा. शरद सिंह यादव, महोत्तरीका २८ वर्षीय सुमित मिश्र, महोत्तरीका २३ वर्षीय अन्सुमन चौधरी, रौतहटका २५ वर्षीय राहुल कुमार यादव, सप्तरीका ४२ वर्षीय राघबेन्द्र कुमार यादव, सिराहाका १९ वर्षीय रितेश सिंह, सिराहाका ३२ वर्षीय राजेश मण्डल, मोरङका २३ वर्षीय मितेष कामत, सुनसरीका ३२ वर्षीय ओक मण्डल, सर्लाहीका २३ वर्षीय सुमित कुमार यादव, सप्तरीका १९ वर्षीय सन्तोष कुमार यादव, धनुषाका ३५ वर्षीय बिपी साह, काठमाडौँकी ४२ वर्षीय सरिताश्री ज्ञावली, रुपन्देहीकी ४८ वर्षीय रुपा मल्ल, रुपन्देहीका २६ वर्षीय अतिउल्लाह मुसलमान, मोरङका २३ वर्षीय नविन साह, सप्तरीका २९ वर्षीय नेहाल सिंह, सप्तरीका २४ वर्षीय अम्मर यादव, मोरङका २३ वर्षीय आर्यन यादव, सुनसरीका ४७ वर्षीय दिपक कुमार साह, सिराहाका २६ वर्षीय नवरत्न साह, सप्तरीकी ३३ वर्षीय रोजित रानी देवी, सप्तरीकी ५० वर्षीय ममता झा, सिराहाका ३१ वर्षीय ओम शंकर यादव, पर्साका ३६ वर्षीय अनिल कुमार गुप्ता, सिराहाका २४ वर्षीय राम उदगार यादव, सिराहाका २४ वर्षीय दिप कुमार यादव, रौतहटका ३० वर्षीय हरेन्द्र चौधरी, सप्तरीका ३२ वर्षीय किसन माझी र सप्तरीका २५ वर्षीय आर्यन राउत रहेका छन् ।

    गिरफ्तारीमा परेका सबैलाई नगर प्रहरी कर्लायाय, भृकुटीमण्डपमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।

    प्रकाशित : सोमबार, १६ पुष २०८० , ०५:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend