Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्ष बिच चार बुँदे सहमति

ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्ष बिच चार बुँदे सहमति


  • सोमबार, पुष १६ २०८०
  • 611
    SHARES

    काठमाडौ । ललितपुरको बालकुमारी घटनाका मृतक परिवार र सरकार पक्ष बिच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा ०८० पुस १६ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मृतकका आफन्त र मृतकका जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरू बिच भएको चार बुँदे सहमति भएको हो ।

    पीडित परिवारसँग भएको सहमति पत्रमा सरकारले मृतकका परिवारका एक/एक जनालाई उपयुक्त खालको रोजगारी यथाशीघ्र दिलाउने उल्लेख छ । त्यस्तै सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने उल्लेख छ । सहमति पत्रमा मृतकद्वय वीरेन्द्र शाह र सुजन राउतलाई शहीद घोषणाका लागि पहल गर्ने र मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा पुऱ्याउने प्रबन्ध गृह मन्त्रालयले मिलाउने उल्लेख गरिएको छ ।

    दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै पुस १३ गते असन्तुष्ट युवाहरूको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर अछामको चौरपाटी गाउँपालिका-१ का २२ वर्षीय वीरेन्द्र शाह ठकुरी र प्रहरीले प्रहार गरेको लाठी लागेर दैलेखको महाबु गाउँपालिका-६ स्थायी घर भई हाल भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

    प्रकाशित : सोमबार, १६ पुष २०८० , ०९:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend