Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

वर्तमान सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा तल्लीन छ : केपी शर्मा ओली

वर्तमान सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा तल्लीन छ : केपी शर्मा ओली


  • बिहिबार, माघ ४ २०८०
  • 286
    SHARES

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘बुख्याचा’को संज्ञा दिएका छन् । बुख्याचा भनेको बालनाली जोगाउनका लागि खेतको बिचमा राखिएको मानिस जस्तो देखिने तर चेतना नभएको पुतला हो र ओलीको बुझाइमा वर्तमान गठबन्धनको सरकार केवल पुतला नै हो ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए ।

    ओलीले बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे  । वर्तमान सरकार भ्रष्टाचार र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए ।

    अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसन तन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । उनले देश अहिले अफ्ठ्यारो स्थितिमा रहेको भन्दै एमालेले सबै क्षेत्रबाट देशलाई जोगाउनुपर्ने बताए । मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको उनले भनाइ छ ।

    “हाम्रो देश अहिले अलि अफ्ठ्यारो स्थितिमा छ । सबै क्षेत्रबाट हामीले देशलाई यस अफ्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ,” ओलीले भने, “साना–साना अंक जोडेर सबै मिलेर सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर । यो खासै केही होइन, कही गर्न सक्दैन्न भन्ने चिनिसके ।”

    प्रकाशित : बिहिबार, ४ माघ २०८० , ०५:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend