Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

मन्त्रिपरिषद् पुनर्गठन राष्ट्रियसभा निर्वाचनपछि

मन्त्रिपरिषद् पुनर्गठन राष्ट्रियसभा निर्वाचनपछि


  • बिहिबार, माघ ४ २०८०
  • 390
    SHARES

    काठमाडौं – राष्ट्रियसभा निर्वाचन अगाडि मन्त्रिपरिषद् पुनर्गठन नहुने भएको छ । राष्ट्रियसभा निर्वाचन माग ११ गते हुँदै छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १० गते सरकारले गरेको १ वर्षको कामबारे समीक्षा गर्दै मन्त्रीपरिषद् पुनर्गठन हुने बताएका थिए ।

    माघ १० गते भित्र मन्त्रिपरिषद् पुनर्गठन गरिसक्ने बताएका प्रधानमन्त्रीले हालसम्म त्यसको तयारी नगरेको पाइएको छ ।

    तत्काल मन्त्रिपरिषद् हेरफेरको छलफल चलाउँदा राष्ट्रियसभा निर्वाचनमा  प्रभाव पर्न सक्ने भन्दै प्रधानमन्त्री दाहालले यो विषयमा छलफल नै चलाएको उनी निकट स्रोतले बतायो ।

    नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार अहिले मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै छलफल भएको छैन । उनले खबरहबसँग भने, ‘सायद माघको अन्तिम सम्ममा होला कि ।’

    प्रधानमन्त्रीको सचिवालयका अनुसार माग अन्तिम सातातिर पुनर्गठन हुने सक्ने बताइएको छ ।

    अहिले प्रधानमन्त्री दाहाल असंलग्न आन्दोलनका राष्ट्र र सरकार प्रमुखको १९ औं शिखर सम्मेलनमा भाग लिन युगान्डा गएका छन् ।

    प्रकाशित : बिहिबार, ४ माघ २०८० , ०५:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend