logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाली राष्ट्रपतिबीच भेटवार्ता


  • शनिबार, माघ ६ २०८०
  • 533
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच भेटावार्ता भएको छ । असंलग्न आन्दोलन (नाम)का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगान्डाको कम्पालामा रहेका उनहरूबीच शनिबार द्विपक्षीय भेटवार्ता भएको हो ।

    भेटमा प्रधानमन्त्री प्रचण्डले असंलग्न परराष्ट्र नीतिका मामिलामा नेपाल र श्रीलंका एक ठाउँमा उभिएकाले क्षेत्रीय मुद्दा र आपसी हितमा दुवै देशको सहकार्य आवश्यक रहेकामा जोड दिए ।

    दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय र गतिशील तुल्याउन आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यसका निम्ति साझा भूमिका खेल्नुपर्ने बताए । सार्कलाई गतिशील तुल्याएर क्षेत्रीय सहकार्य र साझा हितका विषय सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

    त्यसक्रममा श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेले सार्कलाई सक्रिय तुल्याउन आफूहरूको सहयोग रहने बताउँदै क्षेत्रीय हित र साझा आर्थिक क्रियाकलापमा नेपाल र श्रीलंकाबीच सहकार्य आवश्यक रहेकामा जोड दिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डसँगै परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्रसचिव सेवा लम्साललगायत परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिए । रासस

    प्रकाशित : शनिबार, ६ माघ २०८० , ०४:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend